न्यायाधीशपत्नी आरती रावल पक्राउ

सफल खबर संवाददाता

सोमबार, ०४ बैशाख २०८०, २१ : ४२
न्यायाधीशपत्नी आरती रावल पक्राउ

बाँके । न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावल पक्राउ परेकी छन् । जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले आइतबार उनलाई पक्राउ गरेर सोमबार अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान सुरु गरेको छ । 
जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी सन्तोषसिंह राठौरले आरती पक्राउ परेको पुष्टि गर्दै ७ दिन म्याद लिएर अनुसन्धान भइरहेको बताए । 

शैक्षिक प्रमाणपत्र लगायतका सरकारी कागजात किर्ते गरेको अभियोगमा रावललाई यसअघि नै पक्राउ गर्न बाँके जिल्ला अदालतले अनुमति दिएको थियो । 

वैवाहिक बलात्कार मुद्दामा न्यायाधीश गिरीपनि यसअघि नै पक्राउ परिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस