काठमाडौँ । गैरआवसीय नेपाली संघ (एनआरएनए) को प्रतिनिधिमण्डलले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र परराष्ट्रमन्त्री एनपी साउदसँग भेटवार्ता गरेको छ ।
सोमबार संघका अध्यक्ष विनोद कुँवरको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले विदेशमा नेपालीहरुले भोग्दै आएको नागरिकताको समस्या र वैदेशिक लगानी भित्र्याउन सहज वातावरण बनाउन आग्रह गरेको थियो ।
भेटमा गृहमन्त्री श्रेष्ठले एनआरएनए एकजुट हुन नसक्नु दुःखद कुरा भएको भन्दै गैर आवासीय नेपाली संघले उठाउँदै आएका मुद्दाहरु आफूले प्राथमिकतामा राख्ने र लगानी भित्र्याउन सहजीकरण गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।
त्यसैगरी सोमबार नै नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदलाई सोही प्रतिनिधिमण्डलले कार्यकक्षमै पुगेर बधाई तथा शुभकामना व्यक्त गरेको छ ।मन्त्री साउदसँगको भेटमा अध्यक्ष कुँवरले संघले स्थापनाकालदेखि नै उठाउँदै आएको गैरआवसीय नेपाली नागरिकताको विषयलाई संविधानमा व्यवस्था गरिएपनि त्यसको मर्मअनुसार कानुन नबन्दा समस्या भोग्नु परेको बताउँदै त्यसको लागि पहल गर्न आग्रह गरेका थिए ।
भेटमा मन्त्री साउदले आफूले गैरआवसीय नेपालीहरुको मुद्दालाई प्राथमिकता दिने र संसदमा रहेको नागरिकता सम्बन्धी विषय पनि छिटै टुंगोमा पुग्ने विश्वास व्यक्त गरेका थिए ।
गैरआवसीय नेपालीहरुले मातृभूमिको लागि गरेको योगदानको उच्च कदर गर्दै देश निर्माण योगदान गर्न अपिल समेत गरेको संघकी महासचिव जानकी गुरुङले जानकारी दिइन् ।
प्रतिनिधिमण्डलमा अध्यक्ष कुँवर, महासचिव गुरुङ, कार्यकारी निर्देशक राजु शर्मा, दिपेश क्षेत्रीलगायत सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०४ बैशाख २०८०, २१ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मध्यपूर्वमा रहेका नेपाली नागरिकको राहतका लागि एनआरएनएद्वारा १ करोड रुपैयाँको कोष स्थापना
एनआरएनए अध्यक्षमा शर्माको नाममा सहमति
एनआरएनए अध्यक्षमा ३ जनाको उम्मेदवारी
एनआरएनएको महासचिवमा रामशरण सिम्खडाको उम्मेदवारी घोषणा
एकतापछि पनि एनआरएनएमा दुई समूहको टक्कर, मिलाउन रोविन शेरचनको पहल
एनआरएनए अध्यक्षमा रोबिन शेरचनको उम्मेदवारी घोषणा