पुलिस रिपोर्ट लिने अनलाइन प्रणालीमा समस्या

सफल खबर संवाददाता

आइतबार, ०३ बैशाख २०८०, १० : ४९
पुलिस रिपोर्ट लिने अनलाइन प्रणालीमा समस्या

काठमाडौँ । पुलिस रिपोर्ट लिने ‘अनलाइन प्रहरी चारित्रिक प्रमाण–पत्र प्रणाली’मा समस्या आएको छ । शनिवारदेखि नै आएको समस्या समाधान हुन सकेको छैन ।सिस्टम अपग्रेट गर्ने क्रममा समस्या आएको प्रहरी प्रवक्ता (एसएसपी) दीपेन्द्र जिसीले बताए । उनले भने, ‘नेटवर्किङका कारण समस्या आएको छ, आइतबार साँझसम्म समाधान हुन्छ ।’नेटवर्किङमा आएको समस्याले ट्राफिक नियम उल्लङ्घन जरिवाना भुक्तानी प्रणालीमा पनि समस्या देखिएको छ । 

प्रतिक्रिया दिनुहोस