दोल्ती पावरको आइपीओमा आवेदन दिने अन्तिम दिन आज

सफल खबर संवाददाता

आइतबार, ०३ बैशाख २०८०, ०९ : १३
दोल्ती पावरको आइपीओमा आवेदन दिने अन्तिम दिन आज

काठमाडौँ । दोल्ती पावर कम्पनीको आइपीओमा आवेदन दिने आइतबार अन्तिम दिन रहेको छ।

लगानीकर्ताले आज वैशाख ३ गते कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्नेछ। दोल्ती पावरले चैत २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको हो।

कम्पनीले १ करोड ७ लाख २९ हजार ८ सय रुपैयाँ बराबरको आइपीओ जारी गरेको छ। यसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले १० लाख ७२ हजार ९७२ कित्ता साधारण सेयर निष्कासन गरेको छ।

यो मध्ये ५% अर्थात् ६८ हजार १७ कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ भने १ लाख ७ हजार २९८ कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बाँडफाँट गरिसकेको छ।

बाँकी १२ लाख ७१ हजार ८६१ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्। सीडीएसका अनुसार वैशाख २ गतेसम्म १० लाख ७१ हजार ४९३ जनाले १ करोड १९ लाख ३० हजार ४७० कित्ताका लागि आवेदन दिइसकेका छन्।

लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन्। यसमा एनआइसी एसिया क्यापिटल मार्केटले बिक्री प्रबन्धकको काम गरेको छ। लगानीकर्ताले सी-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन्।

रेटिङ एजेन्सी इक्रा नेपालले दोल्ती पावरको आइपीओलाई औसत जोखिम आधार जनाउने ‘इक्रा एनपी डबल बी’ रेटिङ दिएको छ।

प्रतिक्रिया दिनुहोस