आठविसकोटको दुर्गमबस्तीमा विद्युत् पुग्यो

सफल खबर संवाददाता

शनिबार, ०२ बैशाख २०८०, २१ : ०८
आठविसकोटको दुर्गमबस्तीमा विद्युत् पुग्यो

रुकुम  । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको दुर्गम मानिने बस्ती वडा नं ४ र ६ मा पहिलो पटक विद्युत् लाइन पुगेको छ। नगरपालिकाको अन्य वडामा विद्युत् विस्तार भए पनि वडा नं ४ र ६ का बस्तीमा भने पहिलो पटक एघार हजार केभीएको विद्युत् लाइन पुगेको हो।

केन्द्रीय विद्युत् लाइन वडा नं ४ को गोतामकोट हुँदै ६ नं वडाको त्रिवेणी, छिमी मन्का तथा रुकुम र डोल्पाको सिमाना करबगारसम्म विस्तार हुने बताइएको छ। विद्युत् प्रसारण भएसँगै शनिबार कार्यक्रमकाबीच ४ नम्बर वडाको बगेनामा ट्रान्समिटरमा बत्ती बालेर आठबीसकोट नगरपालिकाका नगर प्रमुख रवि केसीले विद्युत् लाइनको उद्घाटन गरे।

विद्युत् लाइन प्रसारण भए पनि टोलटोलका पोलमा तार राख्ने, कस्नेलगायतका काम बाँकी रहेकाले विद्युत् प्राधिकरण रुकुम पश्चिमले जानकारी दिएको छ। वाइरिङ जडान गरिएका घरमा छिट्टै बत्ती सञ्चालन हुने र बाँकी घरमा वाइरिङ नगरेकालाई पनि छिटो वाइरिङ गर्न अनुरोध गरिएको छ।

निर्वाचन घोषणापत्रमा भनेअनुसार दुई वर्षभित्र सबै वडाका केन्द्रसम्म केन्द्रीय लाइन विस्तार र पाँच वर्षभित्र नगरपालिकाका सबै गाउँमा विद्युतीकरण गर्ने प्रतिबद्धताअनुसार विद्युत् विस्तारको काम भइरहेको नगर प्रमुख केसीले बताए।

वडा नं ५ मा पनि विद्युत् विस्तारको काम तिब्र रूपमा चलिरहेकाले वडा नं ४ र ६ का बस्तीमा विद्युत् विस्तार कार्य अगाडि बढ्नुका साथै छिमेकी जिल्ला डोल्पामा पनि विद्युत् विस्तारमा सहज हुने उनले बताए। विद्युतले

प्रतिक्रिया दिनुहोस