७५ करोड बक्यौता नतिर्ने सोना सिमेन्टकाे लाइन प्राधिकरणले काट्यो

सफल खबर संवाददाता

शनिबार, ०२ बैशाख २०८०, १५ : १०
७५ करोड बक्यौता नतिर्ने सोना सिमेन्टकाे लाइन प्राधिकरणले काट्यो

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले करोडौं रुपैयाँ बक्यौता नतिर्ने उद्योगको लाइन कटौती गरेको छ । प्राधिकरणका अनुसार ७५ करोड रुपैयाँभन्दा धेरै बिजुलीको बक्यौता नतिर्ने सोना सिमेन्टको लाइन काटेको हो ।

उद्योगले डेडिकेटेडलाइन मार्फत बिजुली बालेबापतको ३२ करोड ९४ लाख रुपैयाँ बिल तिरेको थिएन । त्यसपछिको ४१ करोड ६६ लाख गरी कूल ७४ करोड ५९ लाख रुपैयाँ बक्यौता छ । पटक–पटक बिल तिर्न नमानेपछि लाइन काटिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणको नेपालगञ्जस्थित क्षेत्रिए शाखाले दाङमा रहेर सञ्चालन भइरहेको उद्योगको लाइन काटेको हो ।