बुटवल । रुपन्देहीको सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेको घरमा प्रेसर कुकर बम फेला परेको छ । सियारी–४ दयानगर छपियास्थित अध्यक्ष घिमिरेको घर पछाडितर्फको पर्खाल बाहिर प्रेसर कुकर फेला बम परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । अध्यक्ष घिमिरेले १० बजेतिर घरबाहिर निस्कने बेलामा तारबार जेलिएर राखिएको अवस्थामा प्रेसर कुकुर बम देखेका थिए । बम देखेलगत्तै उनले प्रहरीमा खबर गरेका थिए।
अध्यक्ष घिमिरेको घरमा बम भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी )श्यामु अर्यालले जानकारी दिए । अहिले नेपाल प्रहरी र नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेको छ । घिमिरे नेपाली कांग्रेस रुपन्देहीका जिल्ला उपसभापति समेत हुन् । नेपाली सेनाको बम डिस्पोजल टोलीले बम डिस्पोजको तयारी गरिएको डिएसपी अर्यालले जानकारी दिए । बम कसले र किन राखेको भन्ने विषयमा अनुसन्धान सुरु गरिएको उनले बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०२ बैशाख २०८०, १४ : ०३
लेखकबाट थप