राष्ट्रपतिद्वारा पत्रकार अधिकारी 'प्रबल जनसेवाश्री' मानपदवीबाट विभूषित

सफल खबर संवाददाता

शनिबार, ०२ बैशाख २०८०, १३ : ०६
राष्ट्रपतिद्वारा पत्रकार अधिकारी 'प्रबल जनसेवाश्री' मानपदवीबाट विभूषित

चितवन । नेपाल पत्रकार महाँसंघ चितवन शाखाका अध्यक्ष नारायण प्रसाद अधिकारी संविधान दिवस २०७९ का अवसरमा प्रदान गरिएको 'प्रबल जनसेवाश्री' मानपदवीबाट विभूषित भएका छन ।

नयाँ वर्ष २०८० को अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिकारीलाई 'प्रबल जनसेवाश्री' मानपदवी प्रदान गरेका हुन। अधिकारीले शुक्रबार राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा मानपदवी विभूषण ग्रहण गरे। 

पत्रकारीता मार्फत समाजमा पुर्याएको योगदानका आधारमा उनलाई विभूषित गरिएको हो । भरतपुर महानगरपालिका वडा नम्बर ११ निवासी अधिकारी संविधान दिवसका अवसरमा मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित गर्ने क्रममा मानपदवीद्वारा विभूषित गरिएको थियो । 

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २७७ को उपधारा १ बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को भदौ ३१ गतेको सिफारिसमा जनसेवाश्री मानपदवी प्रदान गर्ने घोषणा गरेकी थिइन्। 

अधिकारी राष्ट्रिय समाचार समिति चितवन प्रमुख हुन भने नेपाल प्रेस युनियन चितवनका निबर्तमान अध्यक्ष समेत रेका छन । अधिकारी चितवनबाट पत्रकारीता गरेर विभूषित हुने पहिलो व्यत्ती हुन । चितवनमा रहेर बिगत २० वर्ष देखि अधिकारीले पत्रकारिता गर्दै आएका छन ।

प्रतिक्रिया दिनुहोस