सिन्दुरे जात्रामा रंगियो थिमी

सफल खबर संवाददाता

शनिबार, ०२ बैशाख २०८०, १२ : ५८
सिन्दुरे जात्रामा रंगियो थिमी

भक्तपुर । भक्तपुरको मध्यपुरथिमिमा नयाँ वर्षको भोलिपल्ट मध्यपुर ठिमीमा सिन्दूरजात्रा मनाउने गरिन्छ । चलन अनुसार मध्यपुर तिमिवासीहरूले एक आपसमा सिन्दूर छ्यापेर बाजागाजा तथा नाचगानसहित जात्रा मनाएका छन् ।

जात्रामा बालकदेखि वृद्धवृद्धासम्म सहभागी थिए । एक आपसमा छ्यापिएको सिन्दूरका कारण मध्यपुर ठिमी क्षेत्रको सडक राताम्मे भएको थियो । सिन्दूर जात्रा मध्यपुर ठिमीको सबैभन्दा ठुलो जात्रा हो ।

जात्रामा ठिमी क्षेत्रबाट २३ तथा नगदेश, बोडे र टिगनीबाट ९ वटा गरी ३२ वटा खटसहित नगर परिक्रमा गर्ने परम्परा रहेकामा पछिल्लो समय त्योभन्दा कम सङ्ख्यामा खटसहित जात्रा गरिएको छ । सिन्दूरै–सिन्दूरले रंगिएर मनाइने यो जात्रा मनाइरहँदा देखिएका दृश्यहरूलाई हामीले यहाँ प्रस्तुत गरेका छौँ ।

प्रतिक्रिया दिनुहोस