काठमाडौं । शताब्दी पुरुष स्व. सत्यमोहन जोशीकी पत्नी राधा जोशीको निधन भएको छ ।
आज बिहान ५ बजेर ५६ मिनेटमा सय वर्षकाे उमेरमा जाेशीकाे ललितपुरको इमाडाेलस्थित किष्ट मेडिकल तथा शिक्षण अस्पतालमा निधन भएको हो ।
जोशीको स्वास्थ्यमा समस्या देखिएपछि चैत १६ गते किस्ट अस्पतालमा भर्ना गरिएको थियो।
यसअघि गत वर्ष असोज ३० गते जोशीको पति सत्यमोहन जोशीको निधन भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०२ बैशाख २०८०, ०९ : ३४
लेखकबाट थप