काठमाडौ । स्थानीय वायुका साथै पश्चिमी वायुको आंशिक प्रभावले हाल (शुक्रबार बिहान) देशका पहाडी भेगमा आंशिक बदली (थोरै आकाशमा बादल) रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार आज दिनभर देशभर मौसम आंशिक बदलीको अवस्थामा रहनेछ।
‘दिउँसो पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षा हुने सम्भावना छ’, मौसमविद् लामिछानेले शुक्रबार बिहान भने, ‘यसमा पनि खासगरी गण्डकी र कर्णाली प्रदेशमा पानी पर्ने सम्भावना अलि बढी देखिन्छ।’
उनका अनुसार देशका पहाडी भेगका एक/दुई स्थानमा वर्षाको सम्भावना देखिनु भनेको खासै त्यस्तो धेरै पानी पर्ने सम्भावना होइन।
आज राति भने कतै वर्षाको सम्भावना नदेखिएको मौसम महाशाखाले जनाएको छ। महाशाखाको बिहानी बुलेटिनअनुसार राति देशभर मौसम आंशिक बदली रहने छ।
यस हिसाबले आज नयाँ वर्ष २०८० साल मनाउन मौसमले साथ दिने देखिन्छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०१ बैशाख २०८०, ०८ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजको मौसम : धेरै स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशहरुमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशहरुमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा चट्याङसहित भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशहरुमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशहरुमा भारी वर्षाको सम्भावना