सुख्खा पहिराे खस्दा काभ्रेमा तीन जना पुरिए

सफल खबर संवाददाता

विहीबार, ३० चैत्र २०७९, १९ : ११
सुख्खा पहिराे खस्दा काभ्रेमा तीन जना पुरिए

काठमाडौं। बुधबार दिउँसो काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका वडा नम्बर ८ चिसापानीमा माथिबाट सुख्खा पहिरो खस्दा ३ जना पुरिएका छन् । 

 बाटोमा जाली लगाउने कामदारहरुले जाली लगाउदै गर्ने क्रममा माथिबाट सुख्खा पहिरो खसेको प्रहरीले जनाएको छ ।  
इलाका प्रहरी कार्यालय भगवतीस्थानबाट खटिएको प्रहरी टोलीले कामदारहरुलाई घटनास्थलबाट उद्धार गरी उपचारको लागि धुलिखेल अस्पताल लगेकामा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोलुखुम्बुका कुशल नेपाली रहेका छन् । 

अन्य दुई जनाको धुलिखेल अस्पतालमा उपचार भईरहेको काभ्रे प्रहरीले जनाएको छ । उनीहरु ओखलढङगा मानेभञ्याङका सन्जिता राई उनको छोरा सविक राई रहेका छन् ।

प्रतिक्रिया दिनुहोस