काठमाडौं। संघीय सरकारले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)लाई जनताको स्वास्थ्यमाथि खेलवाड नगर्न सुझाव दिएको छ । गत मंगबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारको प्रवक्तासमेत रहेकी सूचना तथा सञ्चार मन्त्री रेखा शर्माले जनताको स्वास्थ्यमाथि खेलवाड नगर्न मेयर शाहलाई सुझाव दिएकी हुन् ।
संविधानको अनुसूची ८ मा फोहोरमैला व्यवस्थापनको जिम्मेवारी स्थानीय तहको हुने स्पष्ट व्यवस्था रहेको स्मरण गराउँदै उनले कुनै उद्देश्यपूर्तिका निमित्त र अर्को काम सल्ट्याउनका निमित्त हड्तालतको विषय बनाउनु नहुने बताइन् । आफूले भनेको विषय टुंगिएन भनेर जनताको स्वास्थ्यमाथि खेलबाड गर्न नपाइने भन्दै मन्त्री शर्माले स्थानीय सरकार कानुनानुसार चल्नुपर्ने बताइन् । काठमाडौं महानगरपालिकाका शाहले दिएको सिंहदरवारसहित केही स्थानको फोहोर नउठाउने र सिंहदरवारका नेतालाई डम्पिङ गर्नुपर्ने अभिव्यक्तिलाई गैरजिम्मेवार भनेको थियो । साथै बिहीबार मन्त्री शर्माले उनको अभिव्यक्ति र निर्णयले जनताको स्वास्थ्यमाथि खेलवाड गरेको बताएकी हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३० चैत्र २०७९, १६ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जाँचबुझ आयोगमा रमेश लेखकको बयान : बल प्रयोगको आदेश मैले दिएको होइन
सरकार र दलका शीर्ष नेताबिचको संवादमा ‘ब्रेक थ्रु’
रास्वपाको माग : विदेशमा रहेका नेपालीलाई पनि मतदान अधिकार सुनिश्चित गर्न सरकारसँग आग्रह
सरकार जेन जेडबीच भएको १० बुँदे सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता
सरकार र जेन जेडबीच सम्झौतामा हस्ताक्षर हुँदै
व्यवसायीद्वारा कर्णाली सरकारलाई ११ बुँदे ध्यानाकर्षण पत्र हस्तान्तरण