मार्टिन्सको गोलमा थ्रीस्टारले पुलिसलाई हरायो

सफल खबर संवाददाता

विहीबार, ३० चैत्र २०७९, १६ : ३७
मार्टिन्सको गोलमा थ्रीस्टारले पुलिसलाई हरायो

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा थ्रीस्टारले बिहीबार नेपाल पुलिस क्लबलाई १-० ले पराजित गरेको छ ।एन्फा कम्प्लेक्समा भएको खेलमा अजयी मार्टिन्सको एक मात्र गोलमा थ्रीस्टारले पुलिसलाई पराजित गर्दै ३ अंक जोडेको हो ।मार्टिन्सले ६५औं मिनेटमा निर्णायक गोल गरे ।

यस जितपछि थ्रीस्टार अंकतालिकामा शीर्ष चारमा उक्लेको छ ।८ खेलबाट ४ जित २ बराबरी र २ हारको नतिजाबाट थ्रीस्टारले तेस्रो स्थानको जावलाखेल युथ क्लब समान १४ अंक जोडेको छ ।सिजनको छैटौं हार बेहोरेको नेपाल पुलिस क्लब भने ८ खेलबाट ४ अंकसहित रेलिगेसन जोनमै छ ।

प्रतिक्रिया दिनुहोस