केन्द्रीय समिति बैठकअघि ढाकाकुमारसँग रवि लामिछानेले गरे छलफल

सफल खबर संवाददाता

बुधबार, २९ चैत्र २०७९, १६ : ४१
केन्द्रीय समिति बैठकअघि ढाकाकुमारसँग रवि लामिछानेले गरे छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना सांसद ढाकाप्रसाद श्रेष्ठसँग विवादास्पद अडिओका विषयमा छलफल गरेका छन् । मन्त्री बन्न कोर टिमलाई दुई करोड बुझाउनुपर्ने भन्दै श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग पैसा मागेको टेलिफोन संवादको अडिओ सार्वजनिक भएको छ । जसले श्रेष्ठले इन्कार गरेका छन् । सोही विषयमा रास्वपाको अनुशासन तथा आचरण समितिले अध्ययन गरेर सभापति लामिछानेलाई मंगलबार बुझाइसकेको छ ।

यसबारे निर्णय लिन बुधबार बोलाइएको केन्द्रीय समिति बैठकअघि सभापति लामिछानेले श्रेष्ठसँग छलफल गरेका हुन् । सभापति रवि लामिछाने र उपसभापति डोरप्रसाद अर्यालले सांसद डा. श्रेष्ठसँग छलफल गरेका हुन् । आफूलाई कारबाही गरिए कोर टिमबारे सार्वजनिक गर्ने सांसद श्रेष्ठले चेतावनी दिएको भन्दै समाचार आइरहेका छन् । 

प्रतिक्रिया दिनुहोस