वास्तविक मिटरब्याजी सरकार हो : ज्ञानेन्द्र शाही

सफल खबर संवाददाता

बुधबार, २९ चैत्र २०७९, १४ : १०
वास्तविक मिटरब्याजी सरकार हो : ज्ञानेन्द्र शाही

काठमाडौं । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले वास्तविक मिटरब्याजी सरकार रहेको बताएका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले सरकारले पैसा थुपारेर ब्याज खाइरहेकाले वास्तविक मिटरब्याजी सरकार रहेको बताएका हुन् । 

‘जुम्लालगायतका कर्णालीका निर्माण व्यवसायीहरु झुण्डिन तयार छन् । सरकारले मिटरब्याजीलाई कारबाही गर्छु भनिरहेको छ । वास्तविक मिटरब्याजी यो सरकार हो,’ उनले भने, ‘यसको डाटा छ, सरकारले अहिले फिक्स डिपोजिट मात्र २ खर्ब ११ अर्ब रुपैयाँ गरेको छ । निर्माण व्यवसायीलगायतलाई नदिएर सरकारले ३ खर्ब ६२ अर्ब ७७ करोड सरकारी खातामा बचत गरेको ब्याज खाइरहेको छ ।’

ब्याज तिर्न नसकेर एक सयजना व्यवसायी मृत्युवरण गर्नुपरेको भन्दै उनले सरकारले ८.५ प्रतिशत ब्याज खाइरहेको आरोप लगाए । ‘म भन्न चहान्छु, वास्तविक मिटरब्याजी सरकार हो,’ उनले भने । 
 

प्रतिक्रिया दिनुहोस