सर्पको विष झार्ने पूर्व सैनिक

रासस

मंगलबार, ०४ पुस २०७४, १० : ५४
सर्पको  विष  झार्ने पूर्व सैनिक

नवलपरासी, ४ पुस । यहाँका एक सामान्य व्यक्ति विषालु सर्पले डसेका बिरामीलाई घरेलु पद्धतिबाट सफल उपचार सेवा प्रदान गर्दै आउनुभएको छ ।

नवलपरासी बर्दघाट सुस्तापूर्व गैँडाकोट–१३ सिखरौली निवासी डम्बरबहादुर थापा सर्पदंशित बिरामीलाई घरेलु उपचार पद्धतिबाट निको पार्दै यहाँ चर्चित बन्नुभएको छ  । थापा भारतीय सेनाका पूर्व कर्मचारीसमेत हुनुहुन्छ ।  

विसं २०५४ देखि आफ्नै घरमा सो सेवा दिँदै आउनुभएका थापाले हालसम्म सर्पले डसेका करिब २०० भन्दा बढी बिरामीलाई कुशलतापूर्वक सफल उपचार सेवा दिइसक्नुभएको छ ।  भारतीय सेनामा रहँदा चिकित्सा तालीम र आयुर्वेदमा उपवैद्य तालीम लिई प्राप्त ज्ञानलाई आफूले उपयोग गरेको  थापाको भनाइ छ ।

सेवा  प्रदान गर्दै आएका  थापाको भनाइ छ  ।  विषालु सर्पले लिन लागेको जीवन निःशुल्क रुपमा बचाउँदा आफूलाई आनन्दको महसुस हुने ६३ वर्षीय थापाको भनाइ छ । सामान्य घरेलु उपचार पद्धतिबाट हालसम्म आफूसँग आएका सबै बिरामीलाई सफल उपचार गराउँदै आएको थापाको जिकिर छ ।

थापाको मोबाइल नं  ९८०४४९१९४१ छ । आफ्नो यस प्रकारको सीपबारे नेपाल सरकारलाई समेत अवगत हुनुपर्ने थापाको तर्क छ । “आजसम्म मसँग सबै विषालु सर्पले टोकेर आएका मकहाँ आएका सबै बिरामीलाई मैले शतप्रतिशत  निको बनाएको छु”, थापाले भन्नुभयो ।
 

 

प्रतिक्रिया दिनुहोस