मछिन्द्रको प्रशिक्षकमा किशोर केसी नियुक्त

सफल खबर संवाददाता

आइतबार, २६ चैत्र २०७९, १६ : ४३
मछिन्द्रको प्रशिक्षकमा किशोर केसी नियुक्त

काठमाडौं । ए डिभिजन लिगको डिफेन्डिङ च्याम्पियन मछिन्द्र क्लबको प्रशिक्षकमा किशोर केसी नियुक्त भएका छन् ।

मछिन्द्र क्लबका पूर्व प्रशिक्षक प्रवेश कटुवाल राष्ट्रिय टिमको सहायक प्रशिक्षकको रुपमा रहेपछि मछिन्द्र क्लब प्रमुख प्रशिक्षक बिहीन थियो । प्रमुुख प्रशिक्षक नहुँदा टिमका सहायक प्रशिक्ष सन्तोष न्यौपानेले टिमलाई सम्हालिरहेका थिए ।

टिमका म्यानेजर अनिल श्रेष्ठले टिमका पूर्व प्रशिक्षक प्रवेश कटुवाल लिगमा नफकर्ने भएकाले नयाँ प्रशिक्षक नियुक्त गरेको बताएका छन् । उनले भने, ‘प्रवेश सर लिगमा नफकर्ने भएकाले हामीले किशोर सरलाई नियुक्त गरेका हौं । उहाँको आज नै क्लबमा नियुक्ति भएको हो ।’

प्रतिक्रिया दिनुहोस