उपनिर्वाचन लगत्तै प्रदेश सरकारहरु पुनर्गठन हुन्छ : बालकृष्ण खाँण

सफल खबर संवाददाता

आइतबार, २६ चैत्र २०७९, १२ : १८
उपनिर्वाचन लगत्तै प्रदेश सरकारहरु पुनर्गठन हुन्छ : बालकृष्ण खाँण

जनकपुरधाम । नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँणले उपनिर्वाचन लगत्तै प्रदेश सरकारहरु पुनर्गठन हुने बताएका छन् । जनपुरधाममा प्रेस युनियन धनुषा शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा खांणले वैशाख १० को उपनिर्वाचन सकेर प्रदेश सरकार पुनर्गठन गर्ने बताएका हुन् ।

उनले गठबन्धनमा आबद्ध दलहरुबीच प्रदेश सरकारहरुमा आलोपालो मुख्यमन्त्री लिने सैद्धान्ति सहमति भएको पनि बताए ।’सबै प्रदेशमा आलोपालो गररेर विभिन्न दलले विभिन्न चरणमा लिने गठबन्धनभित्रको दलमा सहमति भएको छ । यो कार्यान्वयन हुँदै जान्छ,’ उनले भने ।

उनले राष्ट्रपति कार्यालयमा अड्किएर रहेको नागरिकता विधेयक पनि अविलम्ब प्रमाणीकरण गराएर कार्यान्वयन गर्नुपर्ने बताए ।आफ्नै देशमा अनागरिक भएर बस्नुको पीडा लाखौं नेपालीले भोगिरहेकाले उक्त विधेयकलाई प्रमाणीकरण गराउनका लागि पहल गर्न सरकारसँग माग गरे ।

साथै, विभिन्न आन्दोलनको क्रममा राजनीतिक दलका नेताकार्यकर्तामाथि लागेका मुद्दा फिर्ता प्रक्रियासमेत अघि बढाउनु पर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस