जुम्लामा अन्तरजातीय विवाह गर्ने ६० जोडी सम्मानित

सफल खबर संवाददाता

शनिबार, २५ चैत्र २०७९, १५ : ०२
जुम्लामा अन्तरजातीय विवाह गर्ने ६० जोडी सम्मानित

काठमाडौं । जुम्लामा अन्तरजातीय विवाह गर्ने ६० जोडी सम्मानित भएका छन् । नेकपा माओवादी केन्द्र निकट दलित मुक्ति मोर्चाको जिल्ला सम्मेलनको क्रममा उनीहरुलाई सम्मान गरिएको हो ।

मोर्चाका नवनिर्वाचित अध्यक्ष चन्द्रबहादुर नेपालीका अनुसार विद्यमान जातीय विभेदलाई तोडेर अन्तरजातीय विवाह गरेका कारण उनीहरुको हौसला बढाउन र सम्मान जनाउन कार्यक्रम गरिएको छ ।

सम्मानित जोडीले यो सम्मानले आफ्नो परिवारलाई थप हौसला प्रदान गरेको वताउनुभयो । सम्मान कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज नरेश भण्डारीले समानता समानुपातिकको मुल एजेण्डा माओवादी सुत्राधार भएका कारण माओवादीले यस्ता काममा जोड दिएको बताए ।

प्रतिक्रिया दिनुहोस