गठबन्धनको बैठकमा न्युनतम साझा नीति तथा कार्यक्रममा सैद्धान्तिक र नीतिगत विषयमा सहमति जुट्यो

सफल खबर संवाददाता

विहीबार, २३ चैत्र २०७९, १२ : १५
गठबन्धनको बैठकमा न्युनतम साझा नीति तथा कार्यक्रममा सैद्धान्तिक र नीतिगत विषयमा सहमति जुट्यो

काठमाडौं । १० दलीय सत्ता गठबन्धनले साँझ ५ बजे सरकारको न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्ने भएको छ । बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० दलीय गठबन्धनले यस्तो निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले गठबन्धनका दलहरुबीचमा सरकारको न्युनतम साझा नीति तथा कार्यक्रमको बारेमा सैद्धान्तिक र नीतिगत विषयमा सहमति जुटेको बताए ।

उनले साना केही सुझावहरु बिहीबार बेलुकी ५ बजेसम्म दल र नेताहरुले दिनसक्ने ५ बजे सरकारको न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्ने निर्णय भएको बताए ।महासचिव गुरुङले बिहीबारको बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयले प्रवेश नपाएको पनि स्पष्ट पारे।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसाल, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, लोकतान्त्रिक समाजवादी पार्टी नेता शरदसिंह भण्डारी, आम जनता पार्टीका अध्यक्ष प्रभु साह, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईलगायत सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस