राजनीतिक दल आबद्ध सत्तारुढ गठबन्धनको बैठक सुरु

सफल खबर संवाददाता

विहीबार, २३ चैत्र २०७९, ११ : ०२
राजनीतिक दल आबद्ध सत्तारुढ गठबन्धनको  बैठक सुरु

काठमाडौं । १० राजनीतिक दल आबद्ध सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा सुरु भएको गठबन्धनको बैठकमा सरकारका न्युनतम साझा कार्यक्रमलाई फाइनल गर्ने तथा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदलाई पुर्णता दिने बारेमा छलफल हुनेछ ।

नेपाली कांग्रेसका रमेश लेखक, नेकपा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत, जनता समाजवादी पार्टी नेपालका राजेन्द्र श्रेष्ठ र नेकपा एकीकृत समाजवादीका विजय पौडेल सम्मिलित कार्यदलले बनाएको न्युनतम साझ कार्यक्रमलाई सार्वजनिक गर्नु अघि गठबन्धनका शिर्ष नेतावाट अनुमोदन गराउनका लागि बैठक बसेको हो । शिर्ष नेतावाट अनुमोदन भए पछि आजै साँझ ५ बजे सरकारका प्राथमिकता तथा न्युनतम साझा कार्यक्रम सार्वजनिक गरिन लागिएकाे बुझिएकाे छ ।  तत्कालिन नेकपा एमाले सम्मिलित कार्यदलले बनाएको बिषयलाई परिमार्जन गरिएको र नेपाली कांग्रेसका चुनावी अजेन्डालाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम बनाईएको बुझिएको छ । 

प्रतिक्रिया दिनुहोस