सत्ता गठबन्धनको नीति तथा कार्यक्रम आज सार्वजनिक हुने

सफल खबर संवाददाता

विहीबार, २३ चैत्र २०७९, ०७ : ३०
सत्ता गठबन्धनको नीति तथा कार्यक्रम आज सार्वजनिक हुने

काठमाडौं । सत्ता गठबन्धनले संयुक्त सरकारको प्राथमिकता र न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्ने तयारी गरेका छन् ।

गत मंगलबार बसेको सत्ता गठबन्धनको बैठकमा उक्त कार्यक्रममाथि  छलफल भए अनुसार थप परिमार्जन गरेर आज सार्वजनिक गर्न लागिएको हाे । कार्यदलले तयार पारे अनुसार ९ वटा बिषयलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले साे बारेमा पार्टी पदाधिकारी बैठकमा जानकारी दिए अनुसार गठबन्धनकाे बैठक बसेर अन्तिमम रुप दिइनेछ ।आज बस्ने गठबन्धनकाे बैठकले अनुमाेदन गरे पछि न्यूनतम साझा कार्यक्रम सार्वजनिक हुनेछ ।

नेपाली कांग्रेसका रमेश लेखक, नेकपा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत, जनता समाजवादी पार्टी नेपालका राजेन्द्र श्रेष्ठ र नेकपा एकीकृत समाजवादीका विजय पौडेल सम्मिलित कार्यदलले सो नीति तथा कार्यक्रम बनाएको हो ।

तत्कालिन नेकपा एमाले सम्मिलित कार्यदलले बनाएको बिषयलाई परिमार्जन गरिएको र नेपाली कांग्रेसका चुनावी अजेन्डालाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम बनाईएको बुझिएकाे छ ।