सेन्ट्रल कलेजले नारायणगढमा अत्याधुनिक सेन्ट्रल टावर बनाउने

सफल खबर संवाददाता

बुधबार, २२ चैत्र २०७९, १९ : ४७
सेन्ट्रल कलेजले नारायणगढमा अत्याधुनिक सेन्ट्रल टावर बनाउने

चितवन। सेन्ट्रल कलेजले  नारायणगढमा आफ्नै भवन सेन्ट्रल टावर बनाउने भएको छ । लायन्सचोकको आफ्नै जग्गामा भवन निर्माण गर्न लागेको कलेजका प्रिन्सिपल यज्ञ विलाश ‌ (वाइबी)  पौडेलले जानकारी दिए। उनले भवन निर्माणका लागि डिजाइन र नक्सा पासको काम सकिएको बताए ।

बैशाखदेखि भवन निर्माणको काम सुरु हुने छ  ।  डेढ बर्षभित्र भवन निर्माण सम्पन्न हुने उनले बताए। उनले भने, 'अब आफ्ना विद्यार्थीलाई आफ्नै भवनबाट सेवा प्रदान गर्नेछौं ।’ अण्डरग्राउण्ड पार्किङ र लिफ्टसहित सात तलाको भवन निर्माण हुने पौडेलले बताए ।

सेन्ट्रल टावर अत्याधुनिक हुने र सबै सेवा सुविधासहित अन्तर्राष्ट्रिय स्तरका कक्षाकोठा र प्रविधिको विकास गरिने छ । पौडेलले विभिन्न देशमा अध्ययनका लागि जाने विद्यार्थीलाई छुट्टाछुट्टै स्थानमा भाषा कक्षा पढाइने बताए ।

प्रतिक्रिया दिनुहोस