हिमालयन बैंकले सातै प्रदेशमा मनायो ‘ग्लोबल मनी विक’

सफल खबर संवाददाता

आइतबार, १९ चैत्र २०७९, १६ : १४
हिमालयन बैंकले सातै प्रदेशमा मनायो ‘ग्लोबल मनी विक’

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम गर्दै यो वर्षको ग्लोबल मनी विक मनाएको छ। बैंकले चैत ६ देखि १२ गतेसम्म सामाजिक उत्तरदायित्वअन्तर्गत कार्यक्रम गरेको जनाएको छ।

सो वित्तीय साक्षरता कार्यक्रम बैंकको प्रादेशिक कार्यालय र ती प्रदेशभित्रका बैंकका २४ वटा शाखा कार्यालयहरुले प्रादेशिक कार्यालयको समन्वयमा आयोजना गरिएको थियो।

बैंकको यस कार्यक्रममा विभिन्न कलेजका विद्यार्थीहरु, अभिभावकहरु, शिक्षकहरु, सामाजिक कार्यकर्ताहरु, व्यवसायीहरु, बैंकका ग्राहकवर्गहरुलगायत सो स्थानका बासिन्दाहरुलाई बैंकिङ्ग बारे ज्ञान वद्र्धक विषयहरुमा छलफल गर्दै सम्पन्न गरिएको थियो ।