फोटो पत्रकार प्रदीपराज वन्त बाबुछिरी फोटो पत्रकारिता पुरस्कारबाट पुरस्कृत

सफल खबर संवाददाता

शनिबार, १८ चैत्र २०७९, १४ : ०१
फोटो पत्रकार प्रदीपराज वन्त बाबुछिरी फोटो पत्रकारिता पुरस्कारबाट पुरस्कृत

काठमाडौँ । फोटो पत्रकार प्रदीपराज वन्त बाबुछिरी फोटो पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । शुक्रबार दिउँसो रिपोटर्स क्लब नेपालको २५ औँ वार्षिकोत्सवको सन्दर्भमा फोटो पत्रकार वन्त सम्मानित भएका हुन् । सगरमाथा आरोही स्व.बाबुछीरी शेर्पाको सम्झनामा क्लवले स्थापना गरेको उक्त पुरस्कार वन्तलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उक्त पुरस्कार प्रदान गरेका हुन् । पुरस्कारको राशी रू. २५ हजार रहेको छ ।

उक्त कार्यक्रममा विभिन्न समाचार गृहमा काम गर्ने उत्कृष्ट पत्रकारहरुलाई सम्मान गरिएको थियो । वन्त डेढ दशकदेखि नेपाली फोटो पत्रकारिता क्षेत्रमा क्रियाशील रहँदै आएका छन् । २०६४ सालमा जनदिशा दैनिकबाट फोटो पत्रकारिता सुरु गरेका उनी मोडलिङ फोटो पत्रकारितामा साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा कार्यक्रम व्यवस्थापनमा समेत दख्खल राख्छन् । देशभरका फोटो पत्रकारहरुको साझा संस्था राष्ट्रिय फोटो पत्रकार समूह एनएफपिजे नेपालका वन्त हाल अध्यक्ष समेत छन् भने उनी फोटो पत्रकारिता तथा फोटोग्राफी तालिम प्रशिक्षकको रुपमा पनि काम गरिरहेका छन् । उनी राष्ट्रिय समाचार समितिको वरिष्ठ फोटो पत्रकार र हाल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को स्वकीय फोटोग्राफरका रूपमा कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस