काठमाडौंको चन्द्रागिरीमा पहिलोपटक परेको छ हिउँ

सफल खबर संवाददाता

शनिबार, १८ चैत्र २०७९, १२ : ३४
काठमाडौंको चन्द्रागिरीमा पहिलोपटक परेको छ हिउँ

काठमाडौं। काठमाडौंको चन्द्रागिरीमा हिउँ परेको छ । आज बिहानदेखि हल्का हिउँ परेको हो । यस वर्ष पहिलोवपटक चन्द्रागिरीमा हिउँ परेको भालेश्वर मन्दिरका पुजारी विदुर न्यौपानेले जानकारी दिएका छन् ।यसअघिका वर्षहरुमा हिउँदमा चन्द्रागिरीमा हिउँ पर्ने गरेको थियो । तर यसपटक हिउँ हिउँदमा पनि हिउँ परेको थिएन । पहिलोपटक हिउँ परेपछि चन्द्रागिरीमा हिउँ खेल्न सर्वसाधरण पुगेका छन् । हिउँ भने बाक्लो परेको छैन ।

प्रतिक्रिया दिनुहोस