सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत प्राप्त गरेका छन् । शुक्रबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शर्माले विश्वासको मत माग्दा पक्षमा चार दलका ३८ सांसदको मत प्राप्त गरेका हुन् ।
मतदानमा उपस्थित ३९ जना सांसदमध्ये मुख्यमन्त्री शर्माको पक्षमा ३८ मत पर्दा विपक्षमा १ मत खस्यो । मुख्यमन्त्री शर्माले राप्रपाबाहेक सबै दल र स्वतन्त्र सांसदको पनि मत पाए ।
मुख्यमन्त्री शर्मालाई नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका ९, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र (देवराज शाही) गरि १÷१ सांसदले पक्षमा मत हाले ।
मुख्यमन्त्री शर्माले ६ माघमा एमाले, राप्रपाको समर्थनमा विश्वासको मत पाएका थिए । संघबाट एमाले, राप्रपाले समर्थन फिर्ता लिए पनि कर्णालीमा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएन । शर्मा गत पुस २७ गते कर्णालीको मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १७ चैत्र २०७९, १८ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठक : छैटौँ अधिवेशन आज रातिदेखि अन्त्य गर्न सिफारिस
कर्णाली प्रदेशमा भोली सार्वजनिक बिदा
‘पानी पर्यो भने रातभर निन्द्रा लाग्दैन, बच्चाहरू घर छोडेर जाऊँ भन्छन्, जाने ठाउँ छैन’
कर्णालीका ७९ स्थानीय तहका लागि बजेट विनियोजन, कुन पालिकालाई कति ? (पूर्णपाठसहित)
विकासका काममा सबैले सहयोग गर्नुपर्नेमा मुख्यमन्त्री कँडेलको जोड
कर्णालीको पर्यटनमा लगानी गर्न व्यवसायीलाई मुख्यमन्त्रीको आग्रह