काठमाडौँ।आन्तरिक राजस्व कार्यालय हेटौँडाले चालु आर्थिक वर्षको नौ महिनामा चार अर्ब चार करोड ३८ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्मको राजस्व सङ्कलन लक्ष्य चार अर्ब ३५ करोड नौ लाख ४० रुपैयाँ रहेकामा सो कार्यालयले उक्त अवधिमा चार अर्ब चार करोड ३८ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको जनाइएको छ । लक्ष्यको तुलनामा झन्डै ३१ करोड रुपैयाँ कम राजस्व सङ्कलन भएको हो ।
कार्यालयका सूचना अधिकारी अवधेशकुमार यादवका अनुसार कार्यालयले सो अवधिमा आयकर वापत ५८ करोड ५९ लाख २१ हजार रुपैयाँ, घरबहाल कर वापत एक करोड दुई लाख ८४ हजार रुपैयाँ, ब्याज कर वापत चार करोड ७३ लाख नौ हजार रुपैयाँ, मूल्य अभिवृद्धि कर वापत ६० करोड १६ लाख १३ हजार रुपैयाँ, स्वास्थ्य कर वापत ४२ करोड १३ लाख ५२ हजार रुपैयाँ तथा शिक्षाकर वापत चार हजार रुपैयाँ राजस्व सङ्कलन भएको जानकारी दिएको छ ।बजार व्यवसायमा आएको कमी, उद्योगहरूको उत्पादन, बिक्री घट्नु र विकास निर्माणका कमीले लक्ष्यअनुसार राजस्व सङ्कलनमा कमी आएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १७ चैत्र २०७९, १६ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गोरखामा जडीबुटीबाट २० लाख राजस्व सङ्कलन
रुपन्देहीमा राजस्व सङ्कलन र पुँजीगत खर्चमा सुधार
राजस्व सङ्कलनको लक्ष्य हासिल गर्न बजार अनुगमन
तनहुँ मालपोतद्वारा ३६ करोड राजस्व सङ्कलन
साउनमा बजेट खर्चभन्दा दोब्बर बढी राजस्व सङ्कलन