सुर्खेत । कर्णाली प्रदेशमा नेपाली कांग्रेसले मुख्यमन्त्री राजकुमार शर्मालाई विश्वासको मत दिने भएको छ । केन्द्रमा कांग्रेससहितको गठबन्धनको सरकार बनेसँगै प्रदेशमा पनि सोही अनुसार अघि बढ्ने निर्णयसहित कांग्रेसले विश्वासको मत दिने भएको हो ।
संसद बैठक सुरु हुनु अघि बसेको कांग्रेस कार्य सम्पादन समितिको बैठकले नै शर्माले मागेको विश्वासको मतको पक्षमा मत दिने निर्णय भएको थियो । २७ पुसमा एमालेको समर्थनमा मुख्यमन्त्री बनेका माओवादी संसदीय दलका नेता शर्माले ६ माघमा पहिलो पटक विश्वासको मत लिएका थिए । त्यो बेला कांग्रेसले भने विश्वासको मत दिएको थिए । विकसित राजनीतिक घटनाक्रम अनुसार अब कांग्रेस प्रदेश सरकारमा सहभागीता जनाउने निश्चित जस्तै छ भने एमाले सरकारबाट बारिहीने देखिन्छ ।
एमालेले प्रदेशमा ३ वटा मन्त्रालयको जिम्मेवारी सम्हालिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १७ चैत्र २०७९, १६ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठक : छैटौँ अधिवेशन आज रातिदेखि अन्त्य गर्न सिफारिस
कर्णाली प्रदेशमा भोली सार्वजनिक बिदा
‘पानी पर्यो भने रातभर निन्द्रा लाग्दैन, बच्चाहरू घर छोडेर जाऊँ भन्छन्, जाने ठाउँ छैन’
कर्णालीका ७९ स्थानीय तहका लागि बजेट विनियोजन, कुन पालिकालाई कति ? (पूर्णपाठसहित)
विकासका काममा सबैले सहयोग गर्नुपर्नेमा मुख्यमन्त्री कँडेलको जोड
कर्णालीको पर्यटनमा लगानी गर्न व्यवसायीलाई मुख्यमन्त्रीको आग्रह