सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज विश्वासको मत लिँदैछन् । यसअघि प्रदेश सरकारमा सामेल राप्रपाले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएपछि उनले पुनः विश्वासको मत लिनुपरेको हो ।
आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शर्माले विश्वासको मत लिने तय भएको हो । तर उनले कुन कुन दलको विश्वास आर्जन गर्छन्, यसबारे अहिले नै टुंगो लागेको छैन ।
मुख्यमन्त्रीलाई सुरुमा नेकपा एमाले, राप्रपा लगायत दलहरुले विश्वासको मत दिएका थिए । राप्रपाले समर्थन फिर्ता लिए पनि एमालेले भने कायमै राखेको थियो । आज पुनः एमालेले विश्वासको मत दिने या नदिने भन्नेबारे केही निर्णय सार्वजनिक गरेको छैन । नेपाली कांग्रेस यसअघिदेखि सत्तामा छैन । प्रदेशको ठूलो दल कांग्रेसले पनि विश्वासको मत दिने नदिने बारे यकी गरिसकेको छैन ।
विश्वासको मत दिने नदिनेबारे मुख्य पार्टीका प्रदेश संसदीय दलका नेताहरु बिहानैदेखि छलफलमा रहेको बताइएको छ । कुल ४० सदस्य रहेको कर्णाली प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मत पाउन २१ प्रदेश सांसदको समर्थन जुटाउनुपर्नेछ । प्रदेश सभामा ठूलो दल कांग्रेसका १४ जना, माओवादी केन्द्रका १३ जना, एमालेका १० तथा राप्रपा, एकीकृत समाजवादी र स्वतन्त्र सांसद गरी १–१ जना रहेका छन् । एमालेको सभामुख रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १७ चैत्र २०७९, १४ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णाली प्रदेश सभा सदस्य राजकुमार शर्माको पद यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश
यी हुन् कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय
कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठक : छैटौँ अधिवेशन आज रातिदेखि अन्त्य गर्न सिफारिस
कर्णाली प्रदेशमा भोली सार्वजनिक बिदा
‘पानी पर्यो भने रातभर निन्द्रा लाग्दैन, बच्चाहरू घर छोडेर जाऊँ भन्छन्, जाने ठाउँ छैन’
कर्णालीका ७९ स्थानीय तहका लागि बजेट विनियोजन, कुन पालिकालाई कति ? (पूर्णपाठसहित)