सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज विश्वासको मत लिँदैछन् । यसअघि प्रदेश सरकारमा सामेल राप्रपाले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएपछि उनले पुनः विश्वासको मत लिनुपरेको हो ।
आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शर्माले विश्वासको मत लिने तय भएको हो । तर उनले कुन कुन दलको विश्वास आर्जन गर्छन्, यसबारे अहिले नै टुंगो लागेको छैन ।
मुख्यमन्त्रीलाई सुरुमा नेकपा एमाले, राप्रपा लगायत दलहरुले विश्वासको मत दिएका थिए । राप्रपाले समर्थन फिर्ता लिए पनि एमालेले भने कायमै राखेको थियो । आज पुनः एमालेले विश्वासको मत दिने या नदिने भन्नेबारे केही निर्णय सार्वजनिक गरेको छैन । नेपाली कांग्रेस यसअघिदेखि सत्तामा छैन । प्रदेशको ठूलो दल कांग्रेसले पनि विश्वासको मत दिने नदिने बारे यकी गरिसकेको छैन ।
विश्वासको मत दिने नदिनेबारे मुख्य पार्टीका प्रदेश संसदीय दलका नेताहरु बिहानैदेखि छलफलमा रहेको बताइएको छ । कुल ४० सदस्य रहेको कर्णाली प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मत पाउन २१ प्रदेश सांसदको समर्थन जुटाउनुपर्नेछ । प्रदेश सभामा ठूलो दल कांग्रेसका १४ जना, माओवादी केन्द्रका १३ जना, एमालेका १० तथा राप्रपा, एकीकृत समाजवादी र स्वतन्त्र सांसद गरी १–१ जना रहेका छन् । एमालेको सभामुख रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १७ चैत्र २०७९, १४ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णालीको पर्यटनमा लगानी गर्न व्यवसायीलाई मुख्यमन्त्रीको आग्रह
कर्णालीमा हरेक वर्ष बग्छन् करोडौँका काठ
कर्णाली प्रदेशसभाको पाँचौँ अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय
सरकारले कर्णालीप्रति गर्ने उपेक्षालाई चिर्ने प्रयास भइरहेको छ : मुख्यमन्त्री कँडेल
कर्णाली प्रदेश सभामा रिक्त संसदीय समितिले पायो पूर्णता
कर्णाली प्रदेश खेलकुद परिषद्को सदस्य सचिवको जिम्मा उपाध्यायलाई