नवनियुक्त मन्त्रीको दिउँसो ३ बजे शपथको तयारी

सफल खबर संवाददाता

शुक्रबार, १७ चैत्र २०७९, १२ : ५५
नवनियुक्त मन्त्रीको दिउँसो ३ बजे शपथको तयारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शुक्रबार दिउँसो ३ शपथग्रहण गराउनु हुने भएको छ । शुक्रबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछि राष्ट्रपति पौडेलले दिउँसो ३ बजे शपग्रहण गराउनु हुने कार्यक्रम तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री प्रचण्डले शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्न लाग्नु भएको हो । लामो समयदेखि रिक्त मन्त्रालयमा नयाँ मन्त्रीले शपथ लिएपछि पूर्णता हुने भएको छ ।

सत्ता साझेदार १० दलले मन्त्री बन्नेहरूको नाम प्रधानमन्त्रीलाई बुझाइसकेका छन् । नेपाली कांग्रेस ८, एकीकृत समाजवादी र जसपा २–२, लोसपा, नागरिक उन्मुक्ति, नेपाल समाजवादी पार्टी र आमजनता पार्टी १–१ मन्त्रालय लिएर सरकारमा जाने भएका छन् । यसअघि नै सरकारमा रहेका माओवादीले ५ र जनमतले १ मन्त्रालय पाएका छन् ।

प्रतिक्रिया दिनुहोस