काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार लगातार ५ वर्षसम्म परिवर्तन नहुने बताएका छन् । बुधबार काठमाडौँ महानगरपालिकाले प्रज्ञा प्रतिष्ठानको हलमा गरेको न्यायिक समिति पहिलो राष्ट्रिय सम्मेलनमा बोल्दै प्रचण्डले यो सरकार भत्किन्छ कि भनेर चिन्ता नलिन आग्रह गरे ।
कार्यक्रममा पूर्ववक्ता रहेका काठमाडौँमा महानगरका प्रमुख बालेन्द्र शाहले स्थानीय सरकार ५ वर्षका लागि स्थायी सरकार भएको बताउँदै केन्द्रीय सरकार भने बेला बेला फेरिने गरेकोमा चिन्ता व्यक्त गरेका थिए ।
उनले केन्द्रीय सरकार अब ५ वर्षको लागि स्थायी बनोस् र सहकार्य गर्न पाईयोस् भन्ने अभिव्यक्ति दिएका थिए । प्रधानमन्त्रीले त्यसको जवाफ दिँदै सरकार ५ वर्षसम्म जानेमा चिन्ता नलिन आग्रह गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १५ चैत्र २०७९, १३ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालेन र सुदनमाथि कारवाही नगरे संघर्षमा उत्रिने नेविसंघको चेतावनी
बालेन र सुदनविरुद्ध देशैभरि जाहेरी दिने अखिलको तयारी
आन्दोलनकारीको अवरोधले सिंहदरवारमा तत्काल दमकल पुर्याउन नसकिएको बालेनको प्रष्टीकरण
'अनफलो बालेन' ट्रेन्ड शुरु।
प्रधानमन्त्री कार्कीलाई भेट्न बालुवाटार पुगे बालेन
बालेनले हर्कलाई भने– तिमीलाई माया गर्न छाड्दिनँ