न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलन सुरु

सफल खबर संवाददाता

बुधबार, १५ चैत्र २०७९, १३ : ०६
न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलन सुरु

काठमाडौँ । न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलन शुरु भएको छ । बुधवारबाट काठमाडौँमा देशभरका स्थानीय तहका उपमेयर, उपाध्यक्षहरुको उपस्थितिमा न्यायिक समितिको राष्ट्रिय सम्मेलन शुरु भएको हो ।

राष्ट्रिय सम्मेलन प्रधानमन्त्री पुष्पकमल दाहालले डिजिटल एपको उद्घाटन गरी न्यायिक समितिको शुभारम्भ गरेका हुन् ।डिजिटल एपमार्फत न्याय सेवा, अनलाइनमार्फत सेवा दिने उद्देश्यले एप ल्याएको जनाइएको छ । स्थानीय तहको दर्तादेखि कार्यान्वयनको तहसम्म पुर्याउने, न्याय सम्पादनको कार्य निर्देशन स्पष्ट हुनुपर्ने, कार्य सम्पादनमा एक रुपमा आउने, चुस्तता, न्याय सेवामा निष्पक्षता हुने विश्वास समेत गरिएको छ । 

प्रतिक्रिया दिनुहोस