यो वर्ष पाठ्यपुस्तक अभाव नहुने

सफल खबर संवाददाता

मंगलबार, १४ चैत्र २०७९, ०७ : १०
यो वर्ष पाठ्यपुस्तक अभाव नहुने

काठमाडौं । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले कक्षा ६ देखि १० सम्मका ९० प्रतिशत पाठ्यपुस्तक अर्थात् १ करोड ३५ लाख थान पाठ्यपुस्तक छपाइ पूरा गरेको छ ।

सरकारले केन्द्रलाई जिम्मा दिएको ६ देखि १० सम्मको करिब १ करोड ५० लाख थान पाठ्य पुस्तकमध्ये आइतबारसम्म १ करोड ३५ लाख थान पाठ्यपुस्तक छपाइ पूरा गरेको हो ।

केन्द्रले चैत १५ गतेभित्र ७ वटै प्रदेश कार्यालय र नेपालगञ्जमा रहेको प्रादेशिक प्रेस कार्यालयमा पुस्तक ढुवानी गरी एक साताभित्र अर्थात् २० गतेबाट बिक्री खुला गर्ने भएको छ ।

केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झाले चैत मसान्तभित्र सबै पाठ्यपुस्तक छपाइ पूरा गरी वैशाख १५ गतेसम्म सबै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्‍याइने जानकारी दिए ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।