काठमाडौं । नेपाली सेना र संयुक्त राज्य अमेरिकाको सेनाको संयुक्त बैठक आजवाट सुरु हुने भएको छ । हरेक बर्ष हुदैँ आएको सो संयुक्त बैठक याे पटक चैत १३ गतेदेखि १५ गतेसम्म काठमाडौँमा ‘बाइल्याटरल ल्यान्ड फोर्सेस टक’ हुन लागेको हो । यसअघि सो बैठक अमेरिकाको हवाईमा सम्पन्न भएको थियो ।
नेपाली सेनाका अनुसार यसपटकको छलफल शान्ति सेना, मानवीय सहायता र विपद् प्रतिक्रिया, तालिम र विज्ञता आदानप्रदान गरी चार विषयमा केन्द्रित रहनेछ ।
नेपाली टोलीको नेतृत्व उपरथी अशोकराज सिग्देलले गर्दैछन भने अमेरिकी सेनाकाे नेतृत्व प्यासिफिक कमान्डको डेपुटी कमान्डर मेजर जनरल क्रिस्टोफर स्मिथले गर्नेछन । जसकाे कमान्डमा २२ सदस्यीय टोली सहभागी हुनेछन् ।
सन् २०१८ देखि हरेक वर्ष नियमित रूपमा आयोजना हुँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १३ चैत्र २०७९, ०७ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाली सेनाको प्रवक्तामा सहायकरथी केसी
नेपाली सेनाको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न
सैनिक मञ्चमा नेपाली सेनाको हर्ष बढाइँ
प्रधानमन्त्रीद्वारा हेटौँडा कपडा उद्योग पुनः सञ्चालनबारे नेपाली सेनासँग छलफल
प्रदर्शनीमा राख्न ट्रकमा राखेर जंगीअड्डा पुर्याइयो सैनिक हेलिकोप्टर
नेपाली सेनाले गर्यो ऐतिहासिक मालागढीको सरसफाइ