मन्त्रालय भागबण्डाको टुंगो लागेको छैन : उपसभापति खड्का

सफल खबर संवाददाता

आइतबार, १२ चैत्र २०७९, १९ : ५९
मन्त्रालय भागबण्डाको टुंगो लागेको छैन : उपसभापति खड्का

काठमाडौं। नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सत्तारुढ दलहरुका बिचमा मन्त्रालयको भागबण्डा नटुंगिएको बताएका छन्।  आइतबार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उपसभापति खड्काले मन्त्रालय भागबण्डाको विषय नटुंगिएको बताएका हुन्। 

उनले गठबन्धन दलका नेताहरुकाबीचमा छलफल भइरहेको भए पनि कुन पार्टीले कुन मन्त्रालय भन्नेमा टुंगो नलागेको बताए। नेपाली कांग्रेसले पनि कसको नेतृत्वमा सरकारमा जाने र को–को मन्त्री भएर जाने भन्नेमा निर्णय गरिनसकेको उनको भनाइ छ। 

उनले आगामी ३ दिन भित्रमा सरकारले पूर्णता पाउने बताए। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै दलहरुसँग संवाद गरिरहेको भन्दै ३ दिनभित्रमा सरकारले पूर्णता पाउने उनले बताए। 

उपसभापति खड्काले हालसम्म भइरहेको छलफलमा सरकार विस्तारको सम्बन्धमा कसैको असहमति नभएको उल्लेख गरे। सबैको सहभागिता र उचित प्रतिनिधित्व हुनेगरी सबैको सहमतिमा सरकारलाई पूर्णता दिइने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस