सेन्ट्रल कलेजमा जापनिज भाषा पढाउन जापानबाटै शिक्षक आउदैं

गरिब तथा जहेन्दार विद्यार्थीलाई विशेष छुटको व्यवस्था,

सफल खबर संवाददाता

आइतबार, १२ चैत्र २०७९, ०९ : ५४
सेन्ट्रल कलेजमा जापनिज भाषा पढाउन जापानबाटै शिक्षक आउदैं

चितवन । शैक्षिक हवका रुपमा समेत परिचय बनाउदैं गएको चितवनमा पछिल्लो केही समय यता शैक्षिक परामर्श दिने कलेजहरु खुल्ने क्रम ह्वात्तै बढेको छ ।

त्यसमा पनि, अग्रणी स्थानमा रही चितवन सेन्ट्रल कलेजले  हालसम्म उच्च शिक्षा अध्ययनका लागि मात्र नभई वर्किङ भिसामा समेत सयौं जनालाई विदेश पठाउन सफल भएको छ । सेन्ट्रल कलेजले हालै एक सूचना जारी गर्दै जापान जान चाहनेहरुका लागि न्यूनतम शुल्कमा पठाउने घोषणा गरेको छ । जापनिज अध्यापकद्धारा नै निःशुल्क भाषा पढाउदैं आएको कलेजले गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई स्कलरसिप प्रदान गर्दै आएको छ ।

कलेजका प्रिन्सिपल (वाईबी) पौडलले  दलित, आदिवासी जनजाति, मुस्लिम, तथा पिछडिएका समुदायलाई लक्षित गरि विशेष स्कलरसिप र छुटको व्यवस्था गरिएको बताए । सेन्ट्रल कलेज चितवनले जापानको नागोया शहरमा आफ्नो जापान कार्यालय संचालनमा ल्याएको प्रिन्सपल पौडेलको भनाई छ । 

सेन्ट्रल कलेजले उच्च शिक्षा अध्ययनका लागि जापान, अष्ट्रेलिया, क्यानडा, युके, युएसए लगायतका देशमा उच्च शिक्षा अध्ययन गर्न चाहाने विद्यार्थीलाई आइएलटिएस, पिटिइका कक्षा संचालन संगै परामर्श दिने काम गरिरहेको छ । यस्तै कलेजले जापान तथा कोरियामा उच्च शिक्षा अध्ययन तथा वर्किङ भिजामा लागि जान चाहानेहरुका लागि पनि कलेजले परामर्श र भाषा कक्षा दिइरहेको छ ।

जापानसंगै अष्ट्रेलिया, क्यानडा र यूरोपका देशहरुमा पनि शैक्षिक अध्ययनका लागि जान चाहने विद्यार्थीले धमाधम भिसा प्राप्त गरिरहेको कलेजले जनाएको छ । कलेजले साउथ कोरियामा अध्यननका लागि जान चाहाने विद्यार्थीलाई पनि लक्षित गरेर  भाषा कक्षाहरु संचालनमा ल्याएको छ ।  कलेजले फेरी २०२३ मे महिना देखि जापनिज अध्यापकद्धारा जापनिज भाषा अध्यापन गराइने जनाएको छ ।

त्यसका लागि जापानबाट शिक्षक साइतो सिगेरु आउने भएका छन् । उनले चितवनमै रहेर अध्ययन तथा वर्किङमा जान चाहने विद्यार्थीहरुलाई भाषाको अध्यापन गराउने भएका हुन् । सिगेरु यसअघि सन् २०१२ देखि २०१८ सम्म नियमित रुपमा सेन्ट्रल कलेजमा आएर अध्यापन गराईसकेका हुन् । कोरोना कहरका कारण तिन वर्ष यता उनी नेपाल आउन नसकेको कलेजले जनाएको छ ।  

नारायणगढको शहीद चौकमा मुख्य कार्यालय रहेको कलेजमा चितवनलगायत बुटवल, कावासोती, पोखरा, हेटौँडा, तनहुँ, पर्वत आसपासका विद्यार्थी अध्ययनरत छन् । 

प्रतिक्रिया दिनुहोस