नेपालको फिफा महिला वरीयतामा सुधार

सफल खबर संवाददाता

शुक्रबार, १० चैत्र २०७९, १९ : ३५
नेपालको फिफा महिला वरीयतामा सुधार

काठमाडाैं । नेपालको फिफा महिला वरीयतामा सुधार भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालको वरीयता सुधार भएको हो ।

नेपालको वरीयता तीन स्थान सुधार भएको छ । नयाँ वरीयतामा नेपाल १०० औं स्थानमा उक्लिएको छ । अघिल्लो पटकको वरीयतामा समेत नेपाल १०३ औं स्थानमा रहेको थियो ।

एसियाली राष्ट्रको वरीयतामा भने नेपाल २० औं स्थानमा रहेको छ । यस्तै दक्षिण एसियाली राष्ट्रको वरीयता नेपाल दोस्रो स्थानमा रहेको छ । नेपाल भन्दा अघि रहेको भारत ६१ औं स्थानमा रहेको छ ।

विश्व वरीयतामा अमेरिका शीर्ष स्थानमा यथावत छ । यस्तै जर्मनी दोस्रो स्थानमा छ भने स्विडेन तेस्रो स्थानमा रहेको छ । इंग्ल्यान्ड चौंथो र फ्रान्स पाँचौं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस