नेपालकाे जनसंख्या सन्तुलित नभएकाेप्रति प्रधानमन्त्री दाहालकाे चिन्ता

सफल खबर संवाददाता

शुक्रबार, १० चैत्र २०७९, १६ : १०
नेपालकाे जनसंख्या सन्तुलित नभएकाेप्रति प्रधानमन्त्री दाहालकाे चिन्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको जनसंख्या सन्तुलित नभएको बताए।शुक्रबार बिहान राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गर्दै उनले यस्तो बताएका छन् । कम उमेरको संख्या घट्दै गएको र बढी उमेरको जनसंख्या बढ्दै गएको देखिएकाले नेपालको जनसंख्या सन्तुलित नभएको उनको भनाइ थियो । उनले यो चिन्ताको विषय रहेको समेत बताए।

तथ्यांकले सुशासन, दिगो विकास र अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालका प्रतिवद्धता मापनमा सहयोग पुग्ने पनि उहाँले बताए । ३ वटै तहको योजना बनाउन महत्वपूर्ण हुने समेत उनले बताएका छन् । नेपालमा जनसंख्याको वृद्धिदर घट्ने क्रम रहेको उनले बताए  ।

जनसंख्या पहाड(हिमालको ग्रामीण भेगमा घट्ने र तराईमा बढ्दै गएको उनको भनाइ छ। जनसंख्या व्यवस्थापनका विशेष कार्यक्रम ल्याउन जनगणनाले महत्त्वपूर्ण भूमिका खेल्ने समेत प्रधानमन्त्री दाहालले बताए ।

प्रतिक्रिया दिनुहोस