काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् ।सरकारमा सहभागिता, उपनिर्वाचनलगायतको विषयमा छलफल गर्न अध्यक्ष ठाकुर प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका हुन् ।
उनका साथमा वरिष्ठ नेता शरतसिंह भण्डारी र कार्यकारिणी सदस्य सर्वेन्द्रनाथ शुक्ला पनि पुगेका छन् ।लोसपाको बिहीबार बसेको शीर्ष नेताको बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको थियो । कुन मन्त्रालय र कतिवटा लिने, सरकारमा कसरी सहभागी हुने लगायतको विषयमा छलफल गर्न बालुवाटार पुगेका हुन् ।साथै बारामा हुने उपनिर्वाचनमा लोसपाले उम्मेदवार उठाउने निर्णय गरेको छ । यी सबै विषयमा भेटका क्रममा छलफल गर्ने सो पार्टीका नेता मनिष मिश्रले बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १० चैत्र २०७९, १५ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सीमामा मधेसी जनतामाथि चरम दमन भइरहेको छ, हामी विद्रोहको नजिक छौँ : महन्थ ठाकुर
राष्ट्रिय सभा निर्वाचनका महन्थ ठाकुरले गराए उम्मेदवारी दर्ता
राष्ट्रिय सभा चुनावमा महन्थ ठाकुरलाई जसपा नेपालले गर्यो समर्थन
सर्लाहीबाट लोसपा अध्यक्ष ठाकुरको नाम समानुपातिकमा सिफारिस
मधेसी नागरिकलाई देशबाट भगाउने प्रयास भइरहेको छ : महन्थ ठाकुर
जनताले चाहे अहिलेको सत्ता एकैछिनमा ढल्छ : महन्थ ठाकुर