सरकारमा सम्मानजनक उपस्थिति हाम्रो दाबी हो : लोसपा

सफल खबर संवाददाता

विहीबार, ०९ चैत्र २०७९, १५ : २१
सरकारमा सम्मानजनक उपस्थिति हाम्रो दाबी हो : लोसपा

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले सरकारमा सम्मानजनक उपस्थिति हुनुपर्ने बताएको छ । बिहीबार बसेको लोसपाको बैठकले सत्तारुढ गठबन्धनमा जति दल छन्, सबैको सम्मानजनक उपस्थिति हुनुपर्ने बताएको हो ।

‘सम्मानजनक उपस्थिति हाम्रो दाबी हो’, नेता शरतसिंह भण्डारीले भने, ‘राजपाको लिगेसी बोकेको र आन्दोदानकारी पार्टी भएकाले सरकारका हाम्रो उपस्थिति सम्मानजनक हुनुपर्छ ।’

यसका लागि सम्वाद गर्ने जिम्मेवारी पार्टी अध्यक्ष महन्थ ठाकुरलाई दिइएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस