देशको आर्थिक अवस्थाबारे श्वेतपत्र जारी गर्न माग

सफल खबर संवाददाता

बुधबार, ०८ चैत्र २०७९, १३ : ४७
देशको आर्थिक अवस्थाबारे श्वेतपत्र जारी गर्न माग

काठमाडौं। देशको आर्थिक अवस्थाबारे श्वेतपत्र जारी गरेर संसदलाई जानकारी गराउन माग गरिएको छ । बुधबार बसेको राष्ट्रिय सभा बैठकमा सांसद प्रकाश पन्थले देशको आर्थिक अवस्थाबारे श्वेतपत्र जारी गरेर सदनलाई जानकारी गराउन माग गरेका हुन् । 

प्रधानमन्त्री पुष्पकमल दाहाल पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्र खराब अवस्था नरहेको र निवर्तमान अर्थमन्त्रीले आर्थिक अवस्था खराब रहेको बताएकाले श्वेतपत्र नै जारी गरेर देशको आर्थिक अवस्थाबारे सदनलाई जानकारी गराउनुपर्ने उनको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस