चितवन। शैक्षिक परामर्शदाताको रुपमा स्थापित चितवनको सेन्ट्रल कलेजमा अब जापनिजद्धारा नै जापनिज भाषा पढाइने भएको छ । जापानको टोकियोबाट आउने जापानिज शिक्षक साइतो सिगेरुले विद्यार्थीलाई भाषा कक्षा पढाउने छन् । मे महिना देखि सिगेरुद्धारा जापनिज भाषा अध्यापन गराइने भएको हो । शिक्षक सिगेरुले प्रेस मार्ग नारायणगढमा नियमित रुपमा कक्षा संचालन गराउनेछन् भने अन्य शाखामा गेष्ट शिक्षकको रुपमा जानेछन् । उनिसंगै जापानबाट अन्य प्रशिक्षकको टिम पनि आउने कलेजले जानकारी दिएको छ । सिगेरु सन् २०१२ देखि २०१८ सम्म नियमित रुपमा सेन्ट्रल कलेजमा आएर अध्यापन गराएका थिए। जापनिज शिक्षक सिगेरुले प्रत्येक्ष विद्यार्थीलाई कक्षा लिनेछन् भने शिक्षकहरुलाई पनि भाषा कक्षाको थप प्रशिक्षण दिनेछन् ।
कलेजको नतिजा राम्रो आउनुमा जापनिज भाषा शिक्षकको महत्वपूर्ण भूमिका रहेको सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञ विलास (वाइबी) पौडेलले जानकारी दिए । उनले नेपाल तथा जापानमा हुने कक्षा तथा टेष्टमा पनि सेन्ट्रल कलेजमा अध्ययन गरेका विद्यार्थीले उत्कृष्ट नतिजा हाँसिल गर्ने गरेको बताए।
सेन्ट्रल कलेजले भिजा लगाएर जापान पठाउने कुरामा मात्रै केन्द्रित नभई विद्यार्थीलाई भाषा तथा तालिममा दक्ष बनाएर जापान पठाउने कुरामा जोड दिने गरेको प्रिन्सिपल पौडेलले बताए। जापनिज शिक्षकले जापनिज भाषा, कल्चर र सिष्टम समेत सिकाउने हुँदा जापान जाने तयारीमा रहेका विद्यार्थीहरु थप लाभाम्भिवत हुने सेन्ट्रल कलेजले अपेक्षा लिएको छ ।कलेजले जापानको नागोया सहरमा पनि आफ्नो जापान कार्यालय सञ्चालनमा ल्याएर सेवा प्रदान गर्न सुरु गरेको छ ।
यस्तै कलेजले बिद्यार्थीका लागि आफ्नै बस सेवा सुरु गर्ने भएको छ । चितवन र नवलपुरका विभिन्न क्षेत्रका विद्यार्थीलाई लक्षित गरेर कलेजले बस सेवा सुरु गर्न लागेको हो । चैत दोस्रो सातादेखि कलेजले बस सञ्चालनमा ल्याउन लागेको प्रिन्सिपल पौडेलले जानकारी दिए । पहिलो चरणमा पश्चिम चितवनको मेघौली चनौली र पूर्वी चितवनको पदमपुर,खोलेसिमलका विद्यार्थीलाई बस सेवा प्रदान गरिने उनले बताए । कलेजले निकट भबिष्यमानै पश्चिम चितवनको अन्य भाग, पूर्वी चितवनको लोथरसम्म र नवलपुरको रजहरसम्ममा विद्यार्थीलाई बस सेवा प्रदान गर्ने लक्ष्य बनाएको पौडेलले बताए । कलेजमा चितवनलगायत बुटवल, कावासोती, पोखरा, हेटौँडा, दमौली र आसपासका विद्यार्थी अध्ययनरत छन् ।
हाल भाडाको घरमा सञ्चालित कलेजले अब आफ्नै भवन बनाउने तयारी थालेको पौडेल सुनाउँछन् । चितवनको कन्सल्टेन्शी जगतमा ब्राण्डका रुपमा स्थापित रहेको सेन्ट्रल कलेज विभिन्न सामाजिक कार्यहरुमा पनि सक्रिय छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०७ चैत्र २०७९, १४ : ३५
लेखकबाट थप