चितवन। पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति स्व.गिरिजा प्रसाद कोइरालाको १३औं स्मृति दिवसको अवसरमा भरतपुर अस्पतालमा उपचाररत सुत्केरी महिलाहरुलाई पौष्टिकयुक्त खानेकुरा वितरण गरिएको छ ।गिरिजा प्रसाद कोईराला फाउन्डेसन फर डेमोक्रेसी पिस एण्ड डेभलेपमेन्ट चितवनको आयोजनामा प्रसुति गृहमा रहेका ५० जना महिलाहरुलाई पौष्टिकयुक्त खानेकुरा वितरण गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस चितवनका निवर्तमान सभापति जीतनारायण श्रेष्ठले उनीहरुलाई खानेकुरा वितरण गरेका हुन् । सो अबसरमा बोल्दै उनले नेपालको राजनीतिमा युग पुरुषको रुपमा रहनु भएका कोईरालाको सिद्वान्त कांग्रेस कार्यकर्ताले पछ्याउनुपर्ने बताए ।संस्थाका सचिव गोपाल दराईले सहजीकरण गरेको कार्यक्रम फाउन्डेसनका अध्यक्ष कमल आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०७ चैत्र २०७९, १३ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा पाँच महिनामा थपिए बाउन्न एचआइभी सङ्क्रमित
मागको आधा रगत आपूर्ति गर्दै भरतपुर अस्पतालको ‘ब्लड बैंक’
न्यूनतम सेवा मापदण्डमा भरतपुर अस्पताल देशमै प्रथम
बीमामार्फत दिइने सेवा रोक्ने भरतपुर अस्पतालको तयारी
भरतपुर अस्पतालले बिमाको रकम नपाउँदा उपचारमा समस्या
भरतपुर अस्पतालमा प्लाष्टिकका झोला प्रतिबन्धित