स्वावियु निर्वाचन

बाजुरामा विद्यार्थी संगठनबीच झडप, प्रहरीद्वारा हवाई फायर

सफल खबर संवाददाता

आइतबार, ०५ चैत्र २०७९, १६ : १८
बाजुरामा विद्यार्थी संगठनबीच झडप, प्रहरीद्वारा हवाई फायर

बाजुरा । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तर्गत बाजुराको बुढिनन्दा क्याम्पसमा दुई विद्यार्थी संगठनबीच झडप भएको छ । झडपले ठुलो रूप लिन खोज्दा नेपाल प्रहरीले ५ अश्रु ग्यास र २० भन्दा बढी हवाई फायर गरेर भिड नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक कबिन्द्रसिहं बोहोराले बताउनु भयो । भीडले उग्ररूप लिएपछि प्रहरीले हवाई फाएर गरेको प्रहरी प्रमुख बोहराले जानकारी दिए ।

त्रिभुवन विश्वविद्यालयले चैत ५ गते आइतबारका लागि तय गरेको स्ववियुको बुढिनन्दा क्याम्पसमा २ बजे झडप भएको हो। अहिले सम्म २५४ मत खसेको बुढिनन्दा क्याम्पस स्वावियु निर्वाचन कमिटीले जनाएको छ ।

भिड नियन्त्रण गर्न समस्या भएपछि प्रहरीले अश्रुग्यास र हवाई फाएर गरिएको प्रहरीले जनाएको छ । अहिले मतदान स्थगित रहेको इलाका प्रहरी कार्यलय कोल्टिका प्रहरी निरीक्षक सुरेश सिहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस