पानी सुरक्षा र जलवायु परिर्वतनकाे असरकाे बारेमा राष्ट्रिय सम्मेलन सुरू

सफल खबर संवाददाता

आइतबार, ०५ चैत्र २०७९, १३ : २२
पानी सुरक्षा र जलवायु परिर्वतनकाे असरकाे बारेमा राष्ट्रिय सम्मेलन सुरू

काठमाडौं । पानी सुरक्षण र जलवायु परिर्वतनका असरहरुको सम्बोधनको विषयमा दुई दिने राष्ट्रिय सम्मेलन कार्यक्रम आइतबारबाट सुरु भएको छ । सोही सम्मेलन काठमाडौंको यलो प्यागोडा होटलमा आइतबार बिहान ९ बजेबाट सुरू भएको हो । सम्मेलनमा विभिन्न विषयका विज्ञहरुले १६ वटा कार्यपत्रहरु समेत प्रस्तुत गर्ने भएका छन् । सम्मेलन सोमबारसम्म संचालन हुने भएको छ ।

उक्त कार्यक्रममा नेपाललाई पानीको संकट र पानीबाट उत्पन्न संकटलाई न्यूनिकरण गर्ने उपायहरुको खोजी गरी तिनलाई कार्यान्वयनमा ल्याउने उद्देश्यले पानी दिवसको अवसरमा खानेपानी मन्त्रालयसँगको समन्वयनमा स्मार्ट वास सोलुसन्स, वाटर एड नेपालले अन्य विभिन्न निकायको सहयोगमा वर्षातको पानी संकलन, पानी संरक्षण र जलवायु परिर्वतनका असरहरुको सम्बोधनको विषयक दुई दिवसीय राष्ट्रिय सम्मेलन आयोजना गरेको हो ।

सम्मेलनको मुख्य उद्देश्य भनेको वर्षातको पानी संकलनार्थ प्राप्त अवसरहरुलाई दियो विकासको लक्ष्य प्राप्ति, जलवायु परिवर्तनको असर न्यूनिकरण तथा जल उत्पन्न प्रकोप न्यूनिकरणका सन्दर्भमा सम्बोधन गर्दै आमजनतामा पानीको चेतनाको महत्व जोगाउनु, उपयुक्त नीतिको लागि पैरवी चलाउनु र खानेपानी सम्बन्धी ज्ञान र उपयुक्त प्रविधिको सार्वजनिकरण गर्नु हो ।

सोही सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री गणेश शाहले प्राकृतिक रुपमा मनसुनबाट प्राप्त पानीको समुचित व्यवस्थापन गर्न सके हाम्रा पानीका स्रोतहरु संरक्षित र सुरक्षित हुने बताए । साथै जमिन हराभरा रहने, बसाईसराई गर्न नपर्ने, कृषि उत्पादन बढ्ने, सिंचाई, जलविद्युत र औद्योगिकरणको लागि पर्याप्त पानी उपलब्ध हुने उनको तर्क छ ।

जलवायु परिर्वतनले तापक्रम बढ्दै गएको र विभिन्न किसिमका रोगले खेतीपाती र पशुपंक्षीमा प्रत्यक्ष असर पारिरहेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस