बागलुङ । बागलुङको ढोरपाटनमा यस वर्ष पहिलो पटक हिमपात भएको छ । लामो समयको खडेरीपछि शनिबार रातिदेखि वर्षासँगै यहाँ हिमपात भएको हो ।हिमपातका कारण चिसो बढेको छ । हिमपातले ढोरपाटन उपत्यका सेताम्य भएको स्थानीय होटल व्यवसायी श्यमलाल घिमिरेले बताए ।
हिमपातले स्थानीयको जनजीवन कष्टकर भएको घिमिरेको भनाइ छ । हिउँका कारण शनिबार रातभर मोबाइल नेटवर्कले काम नगरेको र आइतबार बिहान घाम लागेपछि काम गर्न थालेको उनले बताए ।
हिउँले सडक ठप्प भएपछि ढोरपाटनबाट बुर्तिबाङ झर्ने स्थानीय तथा पर्यटक ढोरपाटनमै रोकिएको घिमिरेको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, ०५ चैत्र २०७९, १२ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ढोरपाटनमा ११ नाउर र ७ झारलको सिकार
तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर
चिसो बढेपछि सुनसान ढोरपाटन
ढोरपाटनमा सुनिन छाडे ‘यानीमाया’, ‘सुनीमाया’
ढोरपाटनमा पर्यटक आगमन दोब्बरले बढ्यो
ढोरपाटन पुग्ने भक्तजनलाई सास्ती