सेन्ट्रल कलेजले खोल्यो जापानमा पनि कार्यालय

सफल खबर संवाददाता

शुक्रबार, ०३ चैत्र २०७९, १३ : ३०
सेन्ट्रल कलेजले खोल्यो जापानमा पनि कार्यालय

चितवन । शैक्षिक परामर्शदाताको रुपमा स्थापित संस्था सेन्ट्रल कलेज चितवनले जापानमा पनि आफ्नो कार्यालय औपचारिक रुपमा सञ्चालनमा ल्याएको छ । कलेजले जापानको नागोया सहरमा आफ्नो जापान कार्यालय सञ्चालनमा ल्याएर सेवा प्रदान गर्न सुरु गरेको हो ।

नेपाल भित्र रहेर विद्यार्थीलाई दिइरहेको सेवा विस्तार गर्दै जापानमा पनि सेन्ट्रल कलेज जापानको नाममा दर्ता गरेर कार्यालय सञ्चालनमा ल्याएको कलेजका प्रिन्सिपल यज्ञ विलाश (वाइबी) पौडेलले जानकारी दिए । उनले जापान सरकारको ऐन नियममा रहेर प्राइभेट कम्पनी दर्ता गरेर मुख्य ठाँउ (नागोया एकी) मा नै कार्यालय सञ्चालनमा ल्याएको बताए । ‘अब जापानमा रहेका विद्यार्थीहरुलाई आबश्यक सहयोग सेन्ट्रल कलेज जापान मार्फत हुनेछ,उनले भने’,विद्यार्थीलाई परेका समस्या समाधान, पार्ट टाइम जब, त्यहाँका नीति नियम र कानुनी समस्याहरुलाई समाधान गर्ने उदेश्य लिएका छौं ।’ उनका अनुसार सेन्ट्रल कलेज मार्फत जापान गएका र जापानमा रहेका अन्य विद्यार्थीहरुले पनि त्यहाँबाट सेवा लिन सक्नेछन ।

सेन्ट्रल कलेज जापानको अध्यक्षमा जापानिज नागरिक मिचुई योसिकी, म्यानेजिङ डाइरेक्टर यज्ञ विलाश (बाइबी) पौडेल र मार्केटिङ डाइरेक्टर प्रभात सिग्देल रहेन गरी कम्पनी दर्ता गरेर काम सुरु गरिएको हो ।

‘भाषा पढेपछि कलेज अथवा युनिभर्सिटीमा भर्ना गर्न आवश्यक सहजिकरण सेन्ट्रल कलेज जापानले गर्नेछ,अध्ययनमा गएका विद्यार्थीहरुले वर्किङ्ग,भिजिट,डिपेन्डेन्ट लगायतका भिजा प्रोसेसिङका लागि पनि सेन्ट्रल कलेजले सहजिकरण गर्नेछ’,पौडेलले भने ।’ जापानमा कार्यालय स्थापना पछि यहाँबाट विद्यार्थीको चाहाना अनुसारका कलेज,युनिभर्सिटी तथा सहरमा विद्यार्थी पठाउनका लागि थप सहयोग पुग्ने उनको विश्वास छ । सेन्ट्रल कलेजले सयौं विद्यार्थी जापान पठाउन सफल भइसकेको छ ।

यसैविच सेन्ट्रल कलेजले बिद्यार्थीका लागि आफ्नै बस सेवा सुरु गर्ने भएको छ । चितवन र नवलपुरका विभिन्न क्षेत्रका विद्यार्थीलाई लक्षित गरेर कलेजले बस सेवा सुरु गर्न लागेको हो । चैत दोस्रो सातादेखि कलेजले बस सञ्चालनमा ल्याउन लागेको प्रिन्सिपल पौडेलले जानकारी दिए । पहिलो चरणमा पश्चिम चितवनको मेघौली चनौली र पूर्वी चितवनको पदमपुर,खोलेसिमलका विद्यार्थीलाई बस सेवा प्रदान गरिने उनले बताए । कलेजले निकट भबिष्यमानै पश्चिम चितवनको अन्य भाग, पूर्वी चितवनको लोथरसम्म र नवलपुरको रजहरसम्ममा विद्यार्थीलाई बस सेवा प्रदान गर्ने लक्ष्य बनाएको पौडेलले बताए ।

सेन्ट्रल कलेजले उच्च शिक्षा अध्ययनका लागि जापान, अष्ट्रेलिया, क्यानडा, युके, युएसए लगायतका देशमा उच्च शिक्षा अध्ययन गर्न चाहाने विद्यार्थीलाई आइएलटिएस पिटिइका कक्षा संचालन संगै परामर्श दिने काम गरिरहेको छ । यस्तै कलेजले जापान तथा कोरियामा उच्च शिक्षा अध्ययन तथा वर्किङ भिजामा लागि जान चाहाने विद्यार्थीहरुका लागि पनि कलेजले परामर्श र भाषा कक्षा दिइरहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस