काठमाडौं । नयाँ उपराष्ट्रपति चयनका लागि मतदान जारी छ । यसैबीच, मध्यान्ह १२ बजेसम्म पाँच सय ९५ जनाले मत खसालेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार प्रदेशतर्फ दुई सय १२ र संघतर्फ तीन सय ८३ मत खसेको छ । उपराष्ट्रपति निर्वाचनमा तीन सय ३२ संघीय संसदका सदस्य र पाँच सय ५० प्रदेश सभाका सदस्य मतदाता हुनुहुन्छ ।
उपराष्ट्रपति निर्वाचनका लागि शुक्रबार बिहान १० बजेदेखि नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा मतदान सुरु भएको हो । मतदान दिउँसो ३ बजेसम्म चल्नेछ ।
निर्वाचनको मतपरिणाम शुक्रबार साँझ नै सार्वजनिक हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०३ चैत्र २०७९, ११ : ३८
लेखकबाट थप